गर्मीका कारण बंगलादेश र फिलिपिन्समा विद्यालय बन्द, म्यानमारमा कीर्तिमानी तापक्रम

डिसी नेपाल
१८ वैशाख २०८१ १३:२२

काठमाडौं । बंगलादेशको उच्च अदालतले चर्को गर्मीका कारण सबै विद्यालय बन्द गर्न आदेश दिएको छ ।

एक दिन अघि मात्रै सरकारले गर्मीका कारण बन्द भएका विद्यालयहरु खोल्न सकिने बताएको थियो ।

दक्षिण र पूर्वी एसियामा कीर्तिमानी गर्मी छ । फिलिपिन्समा पनि विद्यालयहरू अस्थायी रूपमा बन्द गरिएका छन्।

यसैबीच, सोमबार म्यानमारमा अप्रिल महिनामा अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड गरिएको छ ।

म्यानमारको मध्यभागमा रहेको सहर चोकमा ४८ डिग्री सेल्सियसभन्दा बढी तापक्रम रेकर्ड गरिएको छ ।

यो चरम गर्मीको लागि जलवायु परिवर्तनलाई जिम्मेवार मानिएको छ ।

हालैका वर्षहरूमा, मौसम चक्र परिवर्तन भएको छ र पहिलेको तुलनामा धेरै तीव्र गर्मीको लहरहरू देखा परिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *