यमनले कन्टेनर जहाजमा मिसाइल प्रहार गर्यो

डिसी नेपाल
१८ वैशाख २०८१ १३:४२

काठमाडौं । यमनको दक्षिण-पश्चिम तटमा माल्टिज-झण्डा भएको कन्टेनर जहाजलाई तीनवटा मिसाइलले प्रहार गरेको छ। समाचार अनुसार यस आक्रमणमा कोही पनि घाइते भएका छैनन् ।

ग्लोबल मेरिटाइम सेक्युरिटी एजेन्सी एम्ब्रेका अनुसार यो जहाज साउदी अरेबियाको जेद्दा सहर जाँदै थियो।

यो जहाजको सूचीकृत कम्पनीले इजरायलसँग व्यापार गर्ने भएकाले यसलाई निशाना बनाइएको हुनसक्ने अनुमान गरिएको छ ।

गाजामा द्वन्द्व सुरु भएदेखि, यमनका इरान समर्थित हुथी विद्रोहीहरूले इजरायलसँग सम्बन्धित जहाजहरूलाई निशाना बनाउँदै आएका छन्।

हुथी विद्रोहीहरूले हालैका दिनहरूमा धेरै जहाजहरूमा मिसाइल र ड्रोनहरू प्रहार गरेका छन्।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इरानलाई क्षेत्रीय सुरक्षाका लागि सबैभन्दा ठूलो खतरा भएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *