स्कटल्याण्डका सरकार प्रमुख हम्जा युसुफले दिए राजीनामा, के होला असर ?

डिसी नेपाल
१८ वैशाख २०८१ १४:०६

काठमाडौं । स्कटल्याण्ड सरकारका प्रमुख हम्जा युसुफले १३ महिनाको कार्यकालपछि पहिलो मन्त्री पदबाट राजीनामा दिएका छन् ।

स्कटिश ग्रीन पार्टीसँगको गठबन्धन समाप्त भएपछि युसुफले अविश्वासको प्रस्तावको सामना गर्नुपरेको थियो।

युसुफले गठबन्धन तोडेपछि लैङ्गिक र वातावरणीय समस्यामा भन्दा आर्थिक चुनौतीमा बढी ध्यान दिन सक्षम हुने आशा गरेका थिए ।

आफ्नो पार्टी स्कटिस नेसनल पार्टीले नयाँ नेता चयन नगरेसम्म उनी स्कटल्याण्डको पहिलो मन्त्रीको पदमा रहनेछन्। यदि आगामी २८ दिनभित्र नयाँ नेता चयन भएन भने स्कटल्याण्डमा नयाँ निर्वाचन हुनेछ ।

बीबीसीका राजनीतिक संवाददाताका अनुसार यदि स्कटिस नेसनल पार्टीको राजनीतिक कद अझै घट्यो भने स्कटल्याण्ड बेलायतबाट अलग हुने सम्भावना झन् कम हुनेछ र बेलायतको आम चुनावमा लेबर पार्टीले जित्ने सम्भावना बढ्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *