प्रियंका गान्धीले लोकसभा चुनाव नलड्ने, राहुल गान्धी पनि अनिश्चित

डिसी नेपाल
१८ वैशाख २०८१ १४:३३

काठमाडौं । उत्तर प्रदेशका दुई हाइ प्रोफाइल सीट रायबरेली र अमेठीमा सस्पेन्स जारी छ। स्रोतलाई उद्धृत गर्दै भारतीय मिडियाले जनाएअनुसार प्रियंका गान्धीले लोकसभा चुनाव लड्ने छैनन् । उनले प्रचार प्रसार मात्र गर्नेछिन् ।

साथै, राहुल गान्धी अमेठी वा रायबरेलीमध्ये कहाँबाट चुनाव लड्ने भन्ने निर्णय भोलि आउन सक्छ। यसअघि राहुल गान्धी र प्रियंका गान्धी अमेठी र रायबरेलीबाट चुनाव लड्न सक्ने खबर आएको थियो ।

यी सिटमा उम्मेदवारी घोषणा हुनुअघि प्रियंका र राहुल अयोध्या गएर रामलल्लाको दर्शन गर्न सक्ने बताइएको छ ।

यसअघि अमेठी र रायबरेली जानुअघि राहुल र प्रियंका अयोध्या जान सक्ने बताइएको थियो, जहाँ उनीहरुले रामलल्लाको दर्शन गर्नेछन् ।

२०१९ को चुनावमा राहुल गान्धीले अमेठी सिटबाट हार बेहोरेका थिए। उनी मोदी सरकारकी मन्त्री स्मृति इरानीसँग चुनावमा पराजित भएका थिए । तर, उनी वायनाड सिटबाट चुनाव जितेर संसदमा पुगेका थिए ।

कांग्रेसको गढ मानिने अमेठी लोकसभा क्षेत्रमा ५ विधानसभा सिट छ । २०२२ को चुनावमा, समाजवादी पार्टीले अमेठी र गौरीगञ्जबाट दुई विधायक जित्न सफल भएको थियो, जबकि यसले धेरै थोरै मतले सलोन सीट गुमाएको थियो। अमेठीमा भाजपाले तीन विधायक जित्न सफल भयो।

सोनिया गान्धीले सन् २०१९ मा यो उनको अन्तिम लोकसभा चुनाव हुने घोषणा गरेकी थिइन् । सन् १९९९ मा कांग्रेस अध्यक्ष बनेपछि उनी पहिलो पटक अमेठीबाट चुनाव लडेकी थिइन् ।

त्यसपछि सन् २००४ मा उनले रायबरेलीबाट पहिलो पटक चुनाव लडेर जितिन् । सोनिया गान्धी पाँच पटक सांसद निर्वाचित भइन् । जब सोनियाले रायबरेलीसँग दशकौंदेखिको पारिवारिक सम्बन्ध छोडेर राज्यसभा जाने निर्णय गरिन्, उनी निकै भावुक देखिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *