टी–२० विश्वकपका लागि भारतीय टोली घोषणा, ऋषभ पन्त फर्किए, शुभमन गिल बाहिरिए

डिसी नेपाल
१८ वैशाख २०८१ १६:२१

काठमाडौं । भारतीय क्रिकेट चयनकर्ताले टी–२० विश्वकपका लागि टोली घोषणा गरेका छन् । ऋषभ पन्त टोलीमा पुनरागमन गर्दैछन् तर शुभमन गिलले पहिलो १५ खेलाडीमा स्थान पाउन सकेका छैनन् ।

उनलाई अन्य तीन खेलाडीसँगै रिजर्भमा राखिएको छ । शिवम दुबे र विकेटकिपर ब्याट्सम्यान सञ्जु सामसनले पनि स्थान पाएका छन् । स्पिनर युजवेन्द्र चहल पनि टोलीमा फर्किएका छन् ।

टीम इन्डिया- रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, सञ्जु सामसन, शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, मोहम्मद सिराज र जसप्रित बुमराह।

यसबाहेक शुभमन गिल, रिंकु सिंह, खलील अहमद र आवेश खानलाई रिजर्भमा राखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *