लखनउसँग मुम्बई पराजित, प्लेअफको सम्भावना सकियो

डिसी नेपाल
१९ वैशाख २०८१ ६:५४

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ।

गएराति सम्पन्न खेलमा लखनउले मुम्बईलाई ४ विकेटले पराजित गरेको हो। मुम्बईले दिएको १४५ रनको लक्ष्य्य पछाएको लखनउले १९.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। यसअघि मुम्बईले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनाएको थियो।

यो जितपछि लखनउ सुपर जाइन्ट तेस्रो स्थानमा उक्लिएको छ। १० खेलमा ६ जित र ४ हारसहित १२ अंक बटुल्दै लखनउ तेस्रो स्थानमा उक्लिएको हो।

त्यसैगरी यो हारपछि मुम्बईको प्लेअफको सम्भावना सकिएको छ। १० खेलमा ३ जित र ७ हार बेहोरेको मुम्बईको ६ अंक छ र नवौं स्थानमा झरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *