श्रमिकका समस्या समाधानका लागि ‘श्रमाधान’ सेवाको थालनी

डिसी नेपाल
१९ वैशाख २०८१ १४:१४

काठमाडाैं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान कार्यक्रम सार्वजनिक गरेको छ। बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रममन्त्री डीपी अर्यालले श्रमिकहरुको समस्या समाधानका लागि श्रमाधान कार्यक्रम सार्वजनिक गरेका हुन्।

श्रमाधान कार्यक्रम मन्त्रालयको बृहत र व्यवहारिक योजना भएको भन्दै यसले नेपाली नागरिकको श्रम र रोजगारको बहुआयामिक आवश्यकताको एकद्वार प्रणालीद्वारा समाधान गर्ने मन्त्री अर्यालले बताए।

उक्त कार्यक्रम अन्तर्गत इन्द्रेणीका सात रङअनुसार बिभिन्न योजना रहेको उनले बताए। जसअनुसार सीपको प्रयोग, रोजगार बैंक, श्रमिक कानून, कल सेन्टर लगाएत रहेको मन्त्री अर्यालले जानकारी दिए।

उनले यसअघि मन्त्रालयले श्रमिक कल सेन्टर सञ्चालनमा ल्याएपछि त्यसले मात्रै सवै समस्या समाधान गर्न नसकेका कारण त्यसलाई बृहत रुप दिँदै नयाँ श्रमाधान योजना तयार गरिएको जिकिर गरे।

उनले मन्त्रालयलाई विदेश मान्छे पठाउने मन्त्रालयको भाष्यलाई परिवर्तन गर्दै देशमा नै रोजगारी सिर्जना गर्न आन्तरिक रोजगार महाशाखा नै स्थापनाको अन्तिम चरणमा रहेको जानकारी दिए।

श्रमाधानमा ७ क्षेत्रसँग सम्बन्धित कार्यक्रम समावेश गरिएको मन्त्री अर्यालले बताए । इन्द्रेणीका सात रङसँग मेल खानेगरी प्रत्येक कार्यक्रमलाई एक विशेष रङसँग जोडिएको उनको भनाइ थियो । विदेशबाट फर्किसकेपछि श्रमिकले सिकेको सीप, पूँजी र ज्ञानलाई सम्बोधनलाई पनि समावेश गरिएको उनले मन्त्रीले जानकारी दिए ।

श्रमिकले सिकेको सीप, पूँजी र ज्ञानलाई सम्बोधन गर्ने गरी अवकाशपछिको आरम्भ भन्ने नारासमेत राखेको अर्यालले बताए । माधानमा रोजगार बैंक कार्यक्रम पनि समावेश गरिएको छ ।

रोजगार बैंकमा गौरवका आयोजना र नेपाल सरकारसँग रोजगारदाता र श्रमिक जोडिने गरी काम भइरहेको भन्दै उनले श्रमाधानमा सबै नेपालीको श्रमलाई उच्च प्राथमिकता दिँदै समानताको प्रत्याभूति दिने उद्देश्य श्रमाधान समता कार्यक्रम पनि समावेश रहेको बताए ।

आन्तरिक रोजगार सिर्जना गर्ने र देशभित्रै स्वरोजगार बनाउनेमा सरकारको ध्यान केन्द्रीत रहेको उनले बताए। मन्त्री अर्यालले सरकारले ल्याएको कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनका साथै सफल बनाउन आह्वान समेत गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *