चितवनको बहिरा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान
चितवन। एमएस नेपाल इन्टरनेशनल २०२३ कि विजेता सीता सुबेदीले २०८१ बैशाख १७ गते पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं-८ बजरहट्टी स्थित बहिरा आधारभूत विद्यालयका ७० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री उपलब्ध गराएकी छिन्।
उक्त बिद्यालयका प्रधानअध्यापक मिठु कुमारी पाठक , राप्ती नगरपालिका-८ का कार्यबाहक अध्यक्ष दीपक अधिकारी तथा बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष बुद्दिराज थपलियाको उपस्थितिमा नेपाल र नेपालीको आफ्नै उत्पादन हेम्प(Hemp)बाट बनेको ब्याग सहित शैक्षिक सामग्री उक्त स्कुलमा रहेका बहिरा अपांगता भएका विद्यार्थीलाई समन्वयकारी भूमिका निर्वाह गरि उपलब्ध गराएकी हुन्।

यस कार्यमा कोरियामा अध्ययनरत नेपाली बिध्यार्थीहरुको संस्था “नेपाली बिध्यार्थी समाज कोरिया (SONSIK)”ले सहयोग स्वरूप ५६ हजार रकम उपलब्ध गराएको थियो। समाजमा सकारात्मक सन्देश र उत्तरदायी भूमिका निर्वाहका लागि पनि सोनसिक(SONSIK)ले सहयोग गरेको यस संस्थाका अध्यक्ष मेघनाथ पौडेलले बताएका छन्।
सोनसिकका सम्पुर्ण कमिटीलाई धन्यवाद दिँदै सहयोगी भूमिका निर्वाह गर्ने SentBe रेमिटान्सलाई विद्यालय परिवारले आभार ब्यक्त गरेको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment