धरहरा अगाडिका प्रतीक्षालयले सर्वसाधारणलाई राहत (तस्वीरहरू)

अनिल पोख्रेल
२० वैशाख २०८१ १५:२९

काठमाडौं। राजधानीको सुनधारा क्षेत्रमा  प्रतीक्षालय निर्माण गरिए पछि पैदल एवं सवारी यात्रुलाई यात्रुलाई सहज भएको छ ।

३ वटा नयाँ सिसाका प्रतीक्षालयले सवारीको पर्खाइमा रहेका सर्वसाधारणलाई गर्मीमा बसेर गाडी कुर्न राहत प्रदान गरेको छ।

उपत्यकाका विभिन्न स्थानमा जानका लागि गाडी पाइने त्यहाँ निकै भिडभाड हुने गर्दछ। सुनधारा क्षेत्रमा निर्मित प्रतीक्षालयले सर्वसाधारणलाई शितलता प्रदान गर्दै सवारी कुर्न सहज भएको छ।

धरहरा निर्माणको ठेक्का पाएको कम्पनी जिआइइटिसी–रमन जेभीले ती प्रतीक्षालय बनाएको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *