बीरेन थारु अभिनित ‘ए कान्छी सुनन’ गीतको म्युजिक भिडियो सार्वजनिक

डिसी नेपाल
२१ वैशाख २०८१ १९:४१
448
Shares

अमेरिका। विगत २४ वर्षदेखि अमेरिकामा बस्दै आएका बीरेन थारुको अभिनय गरेको ‘ए कान्छी सुनन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

पेशाले इन्जिनियर रहेका थारुको दमदार अभिनय गरेको म्युजिक भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन्। पुष्कर महतोको गीत र संगीतमा गायिका अन्नु चौधरी र गायक पुष्कर महतोको सुमधुर आवाज, प्रकाश खड्काको छायांकन, लक्ष्मण चौहानको सम्पादन छ। म्युजिक भिडियोमा मुख्य अभिनय मुस्कान चौधरी र बीरेन चौधरीको रहेको छ।

यस म्युजिक भिडियो लोकेन्द्र चौधरीको सेविल इन्टरटेनमेन्टको यूट्युव युटुब च्यानलबाट प्रसारण हुँदैछ। यस गीतमा प्रेमीले प्रेमीकालाई फकाउँदै, प्रेमले भरपूर्ण वाचा र कसम खाँदै राम्रो नृत्यका साथ रोमान्टिक अभिनय प्रस्तुत गरिएको छ।

बीरेन थारु सफल इन्जिनियरसँगै सक्रिय समाजसेवीसमेत हुन्। उनी एनआरएनए अमेरिकाका उपाध्यक्ष पनि हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *