रातो मछिन्द्रनाथ रथ तान्न सुरू
ललितपुर। वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ तान्न आजबाट सुरू भएको छ।
पुलचोकमा निर्माण गरिएको रथ आज बाजागाजासहित गःबहाल पुर्याइनेछ। रथ निर्माण यही वैशाख १२ गतेबाट शुरु भएको थियो भने वैशाख २७ गते मच्छेन्द्रनाथलाई रथारोहण गराइएको थियो।
रातो मछिन्द्रनाथको रथलाई अहिले ललितपुर महानगरपालिकाबाट गःबहालतर्फ लगिएको छ। रथलाई पाटनका सबै टोल घुमाएपछि असार शूक्ल चौथीमा जावलाखेल पु¥याएर अन्तिम दिन भोटो देखाई अन्त्य गर्ने चलन छ।
रथ यात्रा हेर्नका लागि ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनको निमन्त्रणामा युरोपेली युनियन, फ्रान्स, इजरायल, नर्वे, दक्षिण कोरिया, स्वीजरल्याण्ड, थाइल्याण्ड, संयुक्त अधिराज्यलगायत देशका राजदूत र विश्व बैंक, युनिसेफ, युएसएआइडी, एसियाली विकास बैंकलगायत निकायका प्रतिनिधिहरु सहभागी छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment