भारतबाट उपचार गरी फर्किरहेकी युवतीको एम्बुलेन्स दुर्घटनामा मृत्यु

डिसी नेपाल
१ जेठ २०८१ १०:१२
72
Shares

धनगढी। कैलालीमा एम्बुलेन्स दुर्घटनामा परी एक युवतीको निधन भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीको मृत्यु भएको हो।

निधन हुनेमा भारतको हल्द्वानीबाट उपचार गरी फर्किरहेकी बर्दियाको राजापुर नगरपालिका-९ कि १८ वर्षीया अञ्जली परियार रहेकी छन्।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार गम्भीर घाइते भएकी परियारको उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *