दिपेन्द्र आईसीसी टी-२० वरियताकाे टप टेनमा

डिसी नेपाल
२ जेठ २०८१ १६:४३
148
Shares

काठमाडौं। नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी आईसीसीको टी-२० को अलराउण्डर वरियतामा टप टेनमा परेका छन्।

आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा एक स्थान सुधार गर्दै १०औं स्थानमा उक्लिएका हुन्। दिपेन्द्र आईसीसीको वरियतामा शिर्ष १० मा पर्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन्।

टी–२० को अलराउण्डर वरियताको शिर्ष स्थानमा बंगलादेशका शाकिब अल हसन रहेका छन् भने दोस्रो स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा रहेका छन्। त्यस्तै अफगानिस्तानका मोहम्मदब नाबी तेस्रो स्थानमा छन् भने जिम्बाबेका सिकन्दर राजा चौथो स्थानमा रहेका छन्।

त्यसैगरी दक्षिण अफ्रीकाका एडन मार्क्रम पाँचौं, अस्ट्रेलियाका मार्क्स स्टोइनिस छैटौं, भारतका हार्दिक पाण्डेय सातौं, इङल्याण्डका लियाम लिभिङस्टोन आठौँ र इङल्याण्डकै मोइन अली नवौं स्थानमा रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *