एनसेलको ‘सधैँ अन’ योजना सार्वजनिक

डिसी नेपाल
२ जेठ २०८१ १७:०४

काठमाडौं। निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले विभिन्न योजना सार्वजनिक गरेको छ। बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै एनसेलले फाइभजी भिजनमा आधारित एनसेल ‘सधैँ अन’ योजना सार्वजनिक गरेको हो।

योजनाको मुख्य उद्देश्य नेपाली सेवाग्राहीलाई ‘फाइभजी’का लागि तयार पार्नु रहेको एनसेलले जनाएको छ। फाइभजीको केवल द्रुत इन्टरनेट मात्र नभई अत्याधुनिक प्रविधिको परिचय गराउने क्षमता रहेको भन्दै यसले कृषि, स्वास्थ्य शिक्षा, पर्यटनलगायत क्षेत्रहरुको विकासमा महत्वपूर्ण प्रभाव पार्ने जनाइएको छ।

‘सधैँ अन’ योजना अन्तर्गत कम्पनीले बेसिक, बेस्ट र अनलिमिटेड गरी तीन समूहमा आठ वटा विभिन्न योजना सञ्चालनमा ल्याएको छ।

सात दिनको समयसिमा रहेको रु ९८ बाट सुरु हुने योजनादेखि २८ दिन समयावधि रहेको रु १४९९ पर्नेसम्मको विभिन्न योजना छन्। ‘सधैँ अन’ योजना लिने ग्राहकले सामाजिक सञ्जाल प्रयोगका लागि निःशुल्का डेटा पनि प्राप्त गर्ने एनसेलले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *