विराट कोहलीले क्रिकेटबाट सन्यास लिने योजनाबारे खुलासा गरे

डिसी नेपाल
३ जेठ २०८१ १३:४२

काठमाडौं । भारतीय क्रिकेट टोलीका स्टार खेलाडी विराट कोहलीले क्रिकेटबाट सन्यास लिने योजनाको बारेमा खुलासा गरेका छन्। कोहलीले क्रिकेटबाट सन्यास लिनुअघि पहिले लामो ब्रेक लिने बताएका छन् । कोहली हाल इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) बाट खेलिरहेका छन् ।

जुनमा सुरु हुने टी-२० विश्वकपमा कोहलीको प्रदर्शनमा भारतीय टोलीको अभियान धेरै हदसम्म निर्भर हुनेछ। अब कोहलीले आफ्नो सन्यासको योजनाको बारेमा बताउदै फ्यानहरु माझ हलचल मच्चाएका छन् ।

रोयल च्यालेन्जर्स बैंग्लोरले आईपीएलमा मे १८ मा चेन्नई सुपर किंग्सविरुद्ध महत्वपूर्ण खेल खेल्ने भएको छ । यो खेल आरसीबीले प्लेअफको दृष्टिकोणबाट कुनै पनि हालतमा जित्नुपर्छ। यो खेलअघि बेंगलुरुमा आयोजित आरसीबीको रोयल गाला डिनरमा भारतका पूर्व कप्तान कोहलीलाई उनको सन्यासको योजनाबारे प्रश्न सोधिएको थियो ।

३५ वर्षीय कोहलीले भने, ‘यो एकदम सरल छ, मलाई लाग्छ कि एक खेलाडीको रूपमा हाम्रो करियरको अन्त्य हुन्छ । म आफ्नो करियरलाई यो सोचेर अन्त्य गर्न चाहन्न कि ‘अब विशेष दिन के हुन्छ ?’ कोहलीले थप भने – ‘म सधैं स्थिर गतिमा हिड्न सक्दिन। त्यसैले म कुनै अधुरो काम छोड्ने छैन, न त पछुताउन चाहन्छु ।’

यसै क्रममा कोहलीले क्रिकेटबाट सन्यास लिनुअघि लामो ब्रेक लिने पनि संकेत गरेका छन् । यसअघि कोहलीले आफ्नो सन्यासको योजनाबारे प्रायः मौन बस्ने गरेका थिए । कोहलीले भने- ‘मेरो काम (क्रिकेट यात्रा) सकिएपछि म जान्छु, तपाइँहरूले मलाई केही समय (मुस्कुराउँदै) देख्न पाउनुहुने छैन। त्यसैले जबसम्म म खेलिरहन्छु, म मेरो सबै दिन चाहन्छु ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *