कांग्रेस संसदीय दलको बैठक बस्दै

डिसी नेपाल
४ जेठ २०८१ ७:३५
20
Shares

काठमाडौं। नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ।

कांग्रेसले शुक्रबार बिहान ८: ३० बजे संसदीय दल कार्यसमितिको र बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको हो।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने जानकारी दिएको छ। बैठकमा संसदमा भएको तनाव र नयाँ रणनीतिक विषयमा छलफल हुने बताइएको छ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगिको छानबिनको माग गर्दै संसदीय छानबिन समिति बनाउन सरकार तयार नभएपछि संसदको अवरोध जारी राखेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *