ललितपुर मेयरर्स कपको फाइनलमा आज एपीएफ र सुदूरपश्चिम भिड्दै

डिसी नेपाल
५ जेठ २०८१ ८:११
20
Shares

काठमाडौं। जारी ललितपुर मेयरर्स कप महिला टी-२० क्रिकेटको फाइनलमा आज एपीएफ र सुदूरपश्चिम प्रदेश भिड्दै छन्। टियु मैदानमा हुने यो खेल आज बिहान १० बजेदेखि शुरु हुने छ।

जारी प्रतियोगितामा एपीएफले आफ्ना सबै चार खेल जितेर शिर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो।

त्यस्तै सुदूरपश्चिमले आफ्ना ४ मध्ये ३ खेल जितेर दोस्रो हुँदै फाइनलमा पुगेको छ।

ललितपुर मेयर्स कपमा एपीएफ र सुदूरपश्चिमसहित ५ टिमले भाग लिएका छन्। जसमा एपीएफ, सुदूरपश्चिम प्रदेशसहित ललितपुर मेयर एघार, बागमती प्रदेश र कोशी प्रदेशका टिम थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *