एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि
काठमाडौं। एपीएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी–२० को उपाधि जितेको छ। एपीएफले शनिबार भएको फाइनलमा सुदुरपश्चिम प्रदेशमाथि २ रनको रोमाञ्चक जित हासिल गरेको थियो।
सुदूरपश्चिमका लागि अन्त्यमा आक्रामक ब्याटिंग गर्दै जित नजिक पुगेपनि अन्त्यमा २ रनले एपीएफ विजयी भयो। कविता जोशीले १९औँ ओभरमा ३ छक्का सहित २१ रन बनाइन्। तर अन्तिम ओभरमा ६ रन मात्र आवश्यक रहेकोमा सो बनाउन नसकेपछि सुदूरपश्चिमले जित हासिल गर्न सकेन।
यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १५५ रन बनाएको थियो।
योसँगै एपीएफले लगातार चौथो पटक ललितपुर मेयर्स कपको उपाधि जितेको छ।
प्रतिक्रिया
Facebook Comment