रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो

डिसी नेपाल
६ जेठ २०८१ ७:३२

काठमाडौं। रोयल च्यालेन्जर्स बैंगलुरु इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको छ। गएराति सम्पन्न खेलमा बैंगलुरुले चेन्नई सुपर किंग्सलाई २७ रन अन्तरले पराजित गर्दै प्लेअफमा पुगेको हो।

बैंगलुरुले दिएको २१९ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन बनाएपछि खेल बैंगलुरुले २७ रनले जितेको थियो। चेन्नईले प्लेअफमा स्थान बनाउन २०१ रन बनाउनुपर्नेमा चेन्नई सो रन बनाउन असफल भएको थियो।

त्यसपछि बैंगलुरु समान १४ अंक भएपनि रनरेटका आधारमा प्लेअफमा छानिएको थियो।

योसँगै यस सिजनको आइपिएलमा प्लेअफमा पुग्ने चार टिमको टुंगो लागेको छ। जसमा कोलकोता, राजस्थान, सनराइजर्स र बैंगलुरु रहेका छन्। कोलकोता अंक तालिकामा शिर्ष स्थानमा कायम रहेको छ भने बैंगलुरु चौथो स्थानमा रहने पक्का भएको छ। अब आज हुने अन्तिम खेलले दोस्रो र तेस्रो स्थानको टुंगो लगाउने छ।

आइपिएलमा प्लेअफअघिका अन्तिम दुई खेल आज हुँदै छन्। आज सनराइजर्स हैदरावाद र पञ्जाव तथा कोलकोता र राजस्थान खेल्दै छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *