स्लट लिभरपुलको प्रशिक्षक नियुक्त

डिसी नेपाल
८ जेठ २०८१ ७:२५
56
Shares

काठमाडौं। आर्ने स्लट लिभरपुलको प्रशिक्षक बनेका छन्। लिभरपुलले स्लटलाई आफ्नो नयाँ प्रशिक्षकमा नियुक्त गरेको घोषणा गरेको हो।

उनले जुन १ देखि आफ्नो पद सम्हाल्ने लिभरपुलले बताएको छ। स्लटसँग तीन बर्षको सम्झौता भएको लिभरपुलले जनाएको छ।

४५ बर्षीय स्लटले लिभरपुलमा जर्गेन क्लोपको स्थान लिने छन्। नेदरल्याण्डसका स्लोट हाल फेयेनोर्ड क्लबका प्रशिक्षक रहेका छन्।

जर्गेन क्लोपले लिभरपुलमा ९ बर्ष प्रशिक्षकको रुपमा बिताएर क्लब छोडेका छन्। यस अवधिमा उनले लिभरपुललाई एक प्रिमियर लिग र एक च्याम्पियन्स लिग जिताएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *