अमेरिकाले दिएन सन्दीपलाई भिसा
![अमेरिकाले दिएन सन्दीपलाई भिसा](https://www.dcnepal.com/wp-content/uploads/2024/05/newskarkahna-news703030.-1.jpg)
काठमाडौं। अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ।
सन्दीपले अमेरिकाले आफुलाई भिसा दिन अस्वीकार गरेको जानकारी दिएका छन्। उनलाई यस अघि २०१९ मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो। सन्दीप आइसीसी टी–२० विश्वकपका लागि नेपाली टिममा सामेल हुन अमेरिका जाने तयारीमा रहेका थिए।
पाटन उच्च अदालतले सफाई दिएपछि क्यानले उनलाई टिममा सामेल गर्ने प्रक्रिया शुरु गरेको थियो।
प्रतिक्रिया
Facebook Comment