राजस्थान आइपिएलको दोस्रो क्वालिफायरमा

डिसी नेपाल
१० जेठ २०८१ ७:०७
40
Shares

काठमाडौं। राजस्थान रोयल्स इण्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा पुगेको छ।

बुधबार सम्पन्न इलिमिनेटरको खेलमा राजस्थानले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) लाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको हो।

बैंगलुरुले दिएको १७३ रनको लक्ष्य पछाएको राजस्थानले १९ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो।

त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाएर १७२ रन बनाएको थियो।

यो जितपछि अब राजस्थानले दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादसँग खेल्ने छ। यो खेल शुक्रबार हुने छ। त्यस्तै यो हारसहित रोयल च्यालेन्जर्सको आइपिएल यात्रा भने समाप्त भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *