गणतन्त्र दिवसको अवसरमा भक्तपुरमा बुद्धिचाल प्रतियोगिता हुने

डिसी नेपाल
१० जेठ २०८१ १०:५५
36
Shares

भक्तपुर। भक्तपुरमा नेपाल इको प्यानल गोपाल खागी स्मृति फिडे रेटिङ व्रिट्ज चेस प्रतियोगिता हुने भएको छ । गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते भक्तपुरको देकोचा चाँगुनारायण जाने बस स्टप चोकको भबनमा प्रतियोगिता हुने भएको छ।

प्रतियोगिता सफलतापूर्वक सञ्चालन गर्नका लागि चेसका भेट्रान्स् गणेशमान दुवालको संयोजकत्वमा प्रतियोगिता आयोजक समिति गठन गरिएको छ । प्रतियोगिताका प्रमुख निर्णायक ज्ञानेन्द्र खाइजूका अनुसार प्रतियोगितामा देशविदेशका जसले पनि सहभागिता जनाउन सकिने खुल्ला हो।

प्रतियोगितामा सहभागी हुन जेठ १३ गतेसम्मलाई अन्तिम नाम दर्ता गर्ने समय राखेको र ८० जना खेलाडी पुगेपछि सहभागिता दर्ता बन्द गर्ने योजना रहेको उनले सुनाए । प्रतियोगिता स्विस लिगको आधारमा नौ चरणमा खेलाइने उनले जानकारी गराए ।

प्रतियोगितामा प्रथम हुनेलाई ६ हजार, दोश्रोलाई चार हजार, तेश्रोलाई तीन हजार नगद पुरस्कार पनि व्यवस्था गरिएको छ । साथै यी तीनसहित कुल १९ जना विभिन्न समूहलाई गरी कुल ३० हजार नगद बराबरको पुरस्कार वितरण गरिने जनाइएको छ।

प्रतियोगिताका प्रायोजक नेपाल इको प्यानलले सामाजिक उतदायित्व अन्तर्गत प्रतियोगिता सञ्चालन गरेको जनाएको छ। नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो। प्रतियोगिता भक्तपुर जिल्ला बुद्धिचाल संघका पूर्व सल्लाहकार स्वर्गीय गोपाल खागीको स्मृतिमा हुन लागेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *