बंगालदेश जाने कबड्डी टोलीको बिदाई

डिसी नेपाल
१० जेठ २०८१ ११:५७
28
Shares

काठमाडौं। बंगलादेशको ढाकामा मे २६ देखि जुन ३ तारिखसम्म हुने चौथो बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले पुरुष कबड्डी प्रतियोगितामा सहभागी हुने १२ खेलाडीसहित १६ सदस्यीय टोलीलाई बिदाई गरेका हुन्।

प्रतियोगितामा सहभागी हुने खेलाडीमा घनश्याम रोक्का मगर (कप्तान), गणेश कार्की, मनोज भट्ट कपाडी, जितेन्द्र अवस्थी, सागर यादव, इसरात मियाँ, कमलेश लोनिया, प्रकाश गिरी, खगेन्द्र जोशी, सुशील चुनारा, रोहन श्रेष्ठ र विशाल थापा रहेका छन्।

त्यस्तै विष्णुदत्त भट्ट प्रशिक्षक, महेश चन्द व्यवस्थापक तथा तर्कराज भट्ट र रमेशचन्द्र ओझा अफिसियलको रुपमा त्यसतर्फ जाँदै छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *