बार्सिलोनाले प्रशिक्षक जाभीलाई हटायो

डिसी नेपाल
११ जेठ २०८१ १८:०४
140
Shares

काठमाडौं। स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभी हर्नानडेजलाई बर्खास्त गरेको छ। बार्सिलोनाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जाभी अब बार्सिलोनाको मुख्य प्रशिक्षक नरहने बताएको हो।

जाभीले बार्सिलोनाका लागि अन्तिम खेल आइतबार हुने ला लिगाको सेभियाविरुद्धको अन्तिम खेल हुने भएको छ।

यस अघि जाभीले गत जनवरीमै यस सिजनको अन्त्यमा बार्सिलोना छोड्ने घोषणा गरेका थिए। यस सिजनमा ला लिगा पनि जित्ने अवस्थामा नरहेको र च्याम्पियन्स लिगबाट पनि बाहिरएको अवस्थामा जाभीले बार्सिलोना छोड्ने निर्णय सुनाएका थिए।

तर केहि साता अघि मात्र प्रेसिडेन्ट जोन लापोर्टा र क्लबका अन्य वरिष्ठ अधिकारीहरुसँगको छलफलपछि जाभी अझै एक सिजन बार्सिलोनामै रहन सहमत भएका थिए। त्यसपछि जाभीको बार्सिलोनाका कैयौं खेलाडीसँग असमझदारी बढेपछि व्यवस्थापनले उनलाई बर्खास्त गरेको बताइएको छ।

२०२१ को नोभेम्बर ६ मा बार्सिलोनाको प्रशिक्षक बनेका जाभीको नेतृत्वमा बार्सिलोनाले १४१ खेल खेलेको छ भने ८८ खेल जितेको छ भने २४ खेल बराबरी खेलेको छ। त्यस्तै २९ खेलमा हार बेहोरेको छ।

उनको नेतृत्वमा बार्सिलोनाले २०२२/२३ को ला लिगा जितेको थियो भने २०२२/२३ को स्पेनिस सुपर कोपा जितेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *