हान्सी फ्लिक बार्सिलोनाको प्रशिक्षक बन्दै
काठमाडौं। बार्सिलोनाले हान्सी फ्लिकलाई प्रशिक्षक बनाउने भएको छ। बार्सिलोनाले जाभीलाई बर्खास्त गरेर फ्लिकलाई नयाँ प्रशिक्षक बनाएको हो।
५९ बर्षीय जर्मनीका फ्लिकसँग बार्सिलोनाले दुई सिजन २०२६ सम्मको लागि सम्झौता गर्ने निश्चित भएको छ।
फ्लिक यस अघि बायर्न म्युनिख र जर्मनी राष्ट्रिय टिमको प्रशिक्षक बनिसकेका छन्। उनले २०२३ को सेप्टेम्बरमा जर्मनीको प्रशिक्षक पद छोडेपछि खाली रहेका थिए।
यस अघि शुक्रबार नै बर्सिलिनाले यस सिजनमा क्लबको खराब प्रदर्शनपछि जाभीलाई बर्खास्त गरेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment