चन्द्रपुरमा तीन करोडमा बनेको वृद्धाश्रम संचालनमा आएन

डिसी नेपाल
१३ जेठ २०८१ १२:०१

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ७ स्थित वन बनहुअरीमा बनेको वृद्ध आश्रम यतिबेला अलपत्र अवस्थामा परेको छ ।

नेपाल सरकारको ३ करोडको लागतमा बनेको सो वृद्धाश्रमको भवन यतिबेला अलपत्र अवस्थामा परेको भएपनि सम्बन्धित निकायले कुनै चासो दिएको छैन ।

केही राजनैतिक दलका नेता तथा ठेकेदारको आफ्नै इच्छा अनुसार डिभिजन वन कार्यालय रौतहट अन्तर्गतको वन बनबहुअरी सब डिभिजन वन कार्यालयको क्षेत्रमा पर्ने वनको जग्गामा बनेको सो भवन यतिबेला अलपत्र अवस्थामा परेको हो ।

केही राजनैतिक दलका नेता तथा वन बनबहुअरीकै ठेकेदार देवराज अधिकारीले आफ्नै मनोमानी तरिकाले जंगलको छेउमा बनाएको वृद्ध आश्रम संचालनमा नआउदा राज्यको तीन करोड स्वाह भएको छ ।

वनको जग्गामा जंगलको छेउमा ठेकेदार अधिकारीले राज्य संयत्रको सेटिङमा बनाएको बृद्धाआश्रम अहिले भत्कने अवस्थामा पुगेको छ । जंगलको छेउमा भएका कारण समेत त्यहाँ आश्रम संचालनमा समस्या आएको चन्द्रपुर नगरपालिकाका जनप्रतिनिधिले बताएका छन् ।

जंगलको छेउमा सघन सहरी विकास मन्त्रालयले ठेकेदार अधिकारी मार्फत तीन करोड खर्च गरेर निर्माण गरेको वृद्धा आश्रम संचालनमा आउन नसकेर अलपत्र अवस्थामा पुगेको स्थानीयले बताए ।

डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको खाली जग्गामा बनेको बुद्धा आश्रम नै राज्यको नियम विपरित रहेको र घना वनको छेउमा रहेका कारण संचलनमा ल्याउन समस्या भएको जानकारहरुको भनाइ रहेको छ ।

निर्माण सम्पन्न भएको दुइ बर्ष हुन लाग्दा समेत भवन संचालन आउन सकेन, के कारणले संचालन हुन नसकेको स्थानियले बुझ्m्न नसकेको बताउछछन् । उक्त भवनमा ठेकेदारको ईच्छा अनुसार अनकन्टार स्थानमा निर्माण भएका कारण समेत संचालनमा आँउन नसकेको जानकारहरुको भनाइ रहेको छ ।

करोडौको लागतमा बनेको सो भवन दुइ वर्षदेखी अलपत्र बनेको छ । राज्यको तीन करोड लगानी भएको सो भवन यतीबेला सम्म संचालनमा नआँउदा भवन प्रयोगमा नआँउदै भत्कने अवस्थानमा पुगेको एक स्थानीय बासिन्दाले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *