वार्म-अप खेलमा आज नेपाल र क्यानडा खेल्दै

डिसी नेपाल
१४ जेठ २०८१ ७:०२

काठमाडौं। आइसीसी टी-२० विश्व कप अघिका वार्म अप खेल आजदेखि शुरु हुँदै छन्। आज नेपालले वार्म अप खेलमा क्यानडाको सामना गर्दै छ।

अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि शुरु हुँदै छ।

नेपाल र क्यानडावीच अहिलेसम्म एक मात्र टी-२० अन्तर्राष्ट्रिय खेल भएको छ। २०२२ को फेब्रुअरी २१ मा भएको सो खेल नेपालले जितेको थियो।

आइसीसीको टी-२० वरियतामा नेपाल १७औं स्थानमा छ भने क्यानडा २३औं स्थानमा रहेको छ। नेपालले यो खेलपछि मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *