मोटिफ एजुकेसन अब्रोडले ‘गो ग्लोबल एजुकेसन फेयर २०२४’ आयोजना गर्दै
काठमाडौं। शैक्षिक परामर्शदाता मोटिफ एजुकेसन अब्रोडले ‘गो ग्लोबल एजुकेसन फेयर २०२४’ आयोजना गर्ने भएको छ। अध्ययनका लागि अमेरिका, यूके, अस्ट्रेलिया, क्यानडा तथा न्युजिल्यान्ड जान खोजिरहेका विद्यार्थीलाई सहयोग पुर्याउने हेतुले आगामी मंगलबार फेयरको आयोजना गरिएको हो।
फेयरमार्फत विद्यार्थीले आयल्स, पिटिइ र स्याटको स्थिति के छ भन्नेबारे जानकारी लिन सक्ने मोटिफ एजुकेसन अब्रोडका कार्यकारी अधिकृत उमेश पाण्डेले बताए। फेयर आफ्नै केन्द्रिय कार्यालय बानेश्वरमा आयेजना हुनेछ। मोटिफ एजुकेसन अब्रोडले १७ पूरा भएर १८औँ वर्षमा प्रवेश गरेको अवसरमा उक्त फेयरको आयोजना गर्ने भएको हो।
उचित समयमा उचित परामर्श लिन सकेको खण्डमा विदार्थीहरू आफूले चाहेको मुलुकमा अध्ययनका निम्ति जान सक्षम हुने भएकाले पनि ‘प्लस टु’ सकेर उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीका लागि यो फेयर सबैभन्दा सहयोगी बन्ने उनको भनाइ छ।
फेयरमा विभिन्न मुलुकका एक दर्जनभन्दा बढी कलेज तथा विश्वविद्यालयका प्रतिनिधिको उपस्थिति रहनेछ भने उनीहरूमार्फत विद्यार्थीले प्रत्यक्ष रूपमा आफ्ना जिज्ञासा हल गर्न सक्नेछन्। विद्यार्थीलाई शतप्रतिशतसम्म छात्रवृत्तिको अवसरसमेत प्रदान गर्ने बताइएको छ।
मोटिफले अमेरिका, यूके, अस्ट्रिया, क्यानडा तथा न्युजिल्यान्डजस्ता मुलुकलाई शैक्षिक गन्तव्य बनाउन चाहने विद्यार्थीहरूका निम्ति परामर्श, छात्रवृत्ति, भिसा डकुमेन्टेसनका लागि चाहिने गाइडलाइन्स तथा भासाका तयारी कक्षा समेत सञ्चालन गर्दै आएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment