पहिलो वार्म-अप खेलमा क्यानडासँग नेपाल पराजित

डिसी नेपाल
१५ जेठ २०८१ ९:१८

काठमाडौँ । आईसीसी टी-२० विश्वकपअन्तर्गत पहिलो वार्म-अप खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा नेपाल ६३ रन अन्तरले पराजित भएको हो ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा सम्पन्न खेलमा क्यानडाले दिएको १८४ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा अल आउट हुदै १२० रन मात्र बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले १०, आशिफ शेखले २२, कुशल मल्लले ३७ रन, अनिल साहले २४ रन बनाएका थिए । त्यस्तै क्यानडाका बलर डिलन हेलिगरले सर्बाधिक ४ विकेट लिए भने जेरेमी गोर्डन र साद विन जफरले २-२ विकेट लिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ७ विकेट गुमाएर १८३ रन बनाएको थियो । कयानडाका लागि निकोलास कृतनले सर्वाधिक ५२ रन बनाए भने रविन्द्रपाल सिंह ४१ रन बनाएका थिए ।

त्यस्तै नेपालका बलर अविनाश बोहराले २ विकेट लिए भने करण केसी, सोमपाल कामी, गुलशन झा, ललित राजवंशी र सागर ढकालले एक एक विकेट लिए । अब विश्वकप अघि नेपालले दोस्रो वार्म(अप खेल मे ३० मा अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *