सशस्त्र प्रहरी निरीक्षकलाई सगरमाथा आरोहण गराएका शेर्पालाई सम्मान (तस्बिरहरु)

डिसी नेपाल
१६ जेठ २०८१ १२:४६
964
Shares

काठमाडौं। सशस्त्र प्रहरीको इतिहासमा पहिलो पटक सगरमाथा आरोहण गरेका सुरज पौडेलको आरोहण दलको नेतृत्व गरेका मिङ्मा डेविड शेर्पालाई सम्मान गरिएको छ।

गत शनिबार सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकमा आयोजित कार्यक्रममा आरोहण दलका शेर्पा र आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेललाई सम्मान गरिएको हो।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहित अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहालले संयुक्त रुपमा सम्मान गरेका हुन्।

सशस्त्र प्रहरीको इतिहासमै पहिलोपटक  सगरमाथा आरोहण गरेका पौडेलललाई सो आरोहण दलको नेतृत्व गर्दै शेर्पाले  सगरमाथाको सफल आरोहण गराएका हुन्।

यही जेठ ७ गते सशस्त्र प्रहरी बलको प्रतिनिधित्व गर्दै पहिलो पटक सगरमाथा आरोहण गरेका पौडेललाई शेर्पाको इलाइड एक्सपेड कम्पनीले आरोहण गराएको हो।

उक्त कम्पनीको प्रवन्ध निर्देशक रहेका शेर्पा विश्वको आठ हजार मिटर भन्दा अग्ला १४ वटै हिमाल आरोहण गर्ने कान्छा आरोहीको कीर्तिमानी कायम गरिसकेका सफल आरोहीसमेत हुन्।

यो पनि पढ्नुस्

जोखिम मोल्ने आँट भएका विश्व कीर्तिमानी कान्छा आरोही मिङ्मा डेविड शेर्पा (भिडियो)

 

 

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *