सुर्खेतमा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

डिसी नेपाल
१७ जेठ २०८१ ९:१०
48
Shares

सुर्खेत । सुर्खेतमा भएको जिप दुर्घटना मृत्यु हुनेको संख्या चार पुगेको छ।

वीरेन्द्रनगरको रातानांला नजिकै बिहीबार बिहान भएको जीप दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ।

सुर्खेतबाट कालीकोट जाँदै गरेको भे१च २५६० नम्बरको बोलेरो जीप बिहीबार सुर्खेत-दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरको रातानांला नजिकै दुर्घटना भएको हो। जीप आज बिहान दुई बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ।

जीपमा ८ जना सवार रहेको अनुमान गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा परी अहिलेसम्म ४ जनाको मृत्यु भएको छ।

‘अहिलेसम्म दुई शव सङ्कलन गरेर सडकमा ल्याइएको छ । बाँकी दुई शव ल्याउने तयारी भइरहेको छ भने बाँकीको खोजी कार्य भइरहेको छ।

जीप सडकबाट ३०० मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *