अन्तर्राष्ट्रिय फुटबलबाट कभानीको सन्यास घोषणा
काठमाडौं। उरुग्वेका स्ट्राइकर एडिसन कभानीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।
कोपा अमेरिकाका लागि टिममा छनौट भएका कभानीले अप्रत्याशित रुपमा सन्यासको घोषणा गरेका छन्। ३७ वर्षीया कभानीले सामाजिक सञ्जालमा लेख्दै सन्यासको घोषणा गरेका हुन्।
कभानीले उरुग्वेका लागि १३६ अन्तर्राष्ट्रिय खेलखेलेका छन्। यस क्रममा उनले चार विश्वकपमा सहभागिता, एक कोपा अमेरिकाको उपाधि र ५८ गोलपछि सन्यासको घोषणा गरेका छन्।
कभानी हाल अर्जेन्टिनाको बोका जुनियर्समा आफ्नो क्लब फुटबल खेल्दै छन्, जहाँ उनले १८ खेलमा १२ गोल गरिसकेका छन्।
कभानीले यसअघि नापोली, पेरिस सेन्ट जर्मेन र म्यानचेस्टर युनाइटेडलगायत युरोपेली शीर्ष क्लबहरूबाट खेलिसकेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment