ब्याडमिन्टन खेलाडी प्रिन्स श्रीलंका जाने
काठमाडौं। पेरिस ओलम्पिकको तयारीका लागि ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल श्रीलंकाको कोलोम्बो प्रस्थान गर्ने भएका छन्। प्रिन्स कोलोम्बोमा राइजिङ स्टार्स ब्याडमिन्टन एकेडेमीमा २० दिन प्रशिक्षणमा रहनेछन्। उनको प्रशिक्षण यही जेठ २० गतेदेखि सुरु हुनेछ। प्रिन्ससँगै ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदीप योञ्जन पनि श्रीलंका जानेछन्।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गरे। सदस्य–सचिव घिसिङले नेपाल ब्याडमिन्टन सङ्घलाई प्रिन्सको ओलम्पिक यात्रासम्मको तयारीका लागि ‘टे«निङ प्लान’ पेस गर्न निर्देशन दिँदै नेपाली प्रशिक्षकको पनि स्तरवृद्धि होस् भन्ने उद्देश्यले प्रिन्ससँगै प्रशिक्षकलाई पनि श्रीलंका पठाएको बताए।
प्रिन्सलाई इन्डोनेसियाको राष्ट्रिय टोलीसमेत सम्हालिसकेका इन्डोनेसियाकै प्रशिक्षक टोनी वाहयुदीले प्रशिक्षण दिनेछन्। प्रिन्स यसअघि नै पेरिस ओलम्पिकका लागि वाइल्ड कार्डमार्फत छनोट भइसकेका छन्। प्रिन्स र ब्याडमिन्टनका मुख्य प्रशिक्षक योञ्जन यही जेठ २० गते नै श्रीलंकाको कोलोम्बो प्रस्थान गर्नेछन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment