काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज विद्युत अवरुद्ध हुने

डिसी नेपाल
१९ जेठ २०८१ ११:४५
704
Shares

काठमाडौं। काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज बढीमा ९ घण्टासम्म विद्युत् सेवा अवरूद्ध हुने भएको छ ।

विद्युत प्राधिकरणका अनुसार काठमाडौंको बलम्बु सहायक वितरण केन्द्रको मातातिर्थ फिडर र ललितपुरमा पुल्चोक  वितरण केन्द्रको पाटन पुल्चोक फिडर अन्तर्गतका वितरण गरिएका स्थानहरूमा बिजुली आज विद्युत अवरुद्ध हुने भएको हो।

मर्मत तथा कन्डक्टर अपग्रेडका गर्न लागिएकाले ती फिडर अन्तर्गतका क्षेत्रहरूमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जानकारी दिएको छ।

त्यस्तै मातातिर्थ फिडर अन्तर्गत पर्ने दाउरा डिपो, महादेवस्थान, चेकपोष्ट, आयल निगम, गोदाम, थानकोट, त्रिभुवन पार्क, खरिबोट, नागढुंगा, पिपलामोड, बसुन्डोल, इन्द्रथान, टोटीटोल, सिरानचौर, महेश फाट, कुखुरेचौर र झाँगाझिँटीमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत लाइन अवरूद्ध हुने भएको छ।

प्राधिकरणका अनुसार ललितपुरको  पाटनपुल्चोक फिडर अन्तर्गत पर्ने भनीमण्डल, एकान्तकुना, लामाचौर, समिट होटल, बखुनडोल, मन्त्री क्वाटर, झम्सिखेल, अरूण थापा चोक क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुने भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *