भिनिसियस बने च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडी
काठमाडौं। रियल म्याड्रिडबाट खेल्ने ब्राजिलियन फरवार्ड भिनिसियस जुनियर यस सिजनको च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडी बनेका छन्।
युइएफएको प्राविधिक समितिले भिनिसियस जुनियरलाई यस सिजनको च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडी घोषणा गरेको हो।
भिनिसियसले यस सिजनको च्याम्पियन्स लिगमा फाइनलमा सहित कुल ६ गोल गरेका थिए भने ५ गोल असिस्ट गरेका थिए।
२३ वर्षिय भिनिसियसले यस सिजनको ला लिगामा पनि २६ खेलमा १५ गोल गरेका थिए। त्यस्तै रियल म्याड्रिडकै जुड बेलीङघम यस सिजनको उत्कृष्ट युवा खेलाडी बनेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment