सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको एक लाख ४५ हजार पुग्यो
काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ किर्तिमान बनाएको छ।
शुक्रबार सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ४५ हजार पुगेको छ। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मुल्य एक लाख ४४ हजार ३०० पुगेको छ ।
यस अघि विहिबार सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ। चाँदी तोलामा ५० रुपैयाँले घटेर प्रतितोला १९०० रुपैयाँमा कारोबार भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment