आज काठमाडौंका यी स्थानमा विद्युत् अवरुद्ध हुने
काठमाडौं। आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपुर्ती अवरुद्ध हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विभिन्न फिडहरूको लाइन अवरुद्ध हुन लागेको हो।
प्राधिकरणका अनुसार अहिले बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ। आज बबरमहल क्षेत्रमा रहेको सैनिक मुख्यालय, सुनधारा टेलिकम, भन्सार विभाग, पशु अस्पताल, रानीपोखरी प्रहरी र स्वास्थ्य मन्त्रालय लगायत स्थानमा विद्युत् अवरुद्ध हुने सूचनामा उल्लेख छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment