रौतहट ट्राफिकद्वारा १० दिनमै ६ लाख बढी राजश्व संकलन

डिसी नेपाल
२९ जेठ २०८१ ९:०९

रौतहट। रौतहटस्थित ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर सुशील आचार्यको सक्रियतामा ट्राफिक नियम विपरित चलेका सवारी साधनलाई कारबाही गरी १० दिनमै ६ लाख रुपैयाँभन्दा बढी राजश्व संकलन गरिएको छ।

१७ गतेदेखि २७ गतेसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गरिएको चेकजाँचमा सवारी नियम उल्लंघन गर्ने ५३३ जना सवारी चालकलाई कारबाही गरी ६ लाख, १४ हजार राजस्व संकलन गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताइन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख इन्स्पेक्टर सुशील आचार्यको निर्देशनमा सदरमुकाम गौर, गरुडा , चन्द्रपुर, बागमती, कटहरियासँगै ग्रामीण क्षेत्रमा समेत ट्राफिक प्रहरी परिचालन गरेपछि सवारी दुर्घटनामा कमी आउनुका साथै नियम विपरीत चल्ने सवारी धनीलाई कारबाहीको दायरामा ल्याइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *