चीन यात्राबारेको संस्मरण पुस्तक सार्वजनिक

डिसी नेपाल
२९ जेठ २०८१ ११:४१

काठमाडौं। सरोकारवालाले नेपाल र चीनबीच राजनीतिक मात्र नभई सामाजिक सम्बन्धसमेत घनिष्ट हुँदै गएको बताएका छन्।

काठमाडौंमा आयोजित ‘चिनिया विशेषताको आधुनिकीकरण’ विषयका छलफल कार्यक्रममा चीन मामिला विज्ञ एवं परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले दुवै देश एक अर्काको अस्तित्वको सम्मान गर्दै अघि बढिरहेको धारणा राखे।

‘फेण्ड्स अन क्लाउड पल्टफर्म अफ इन्फ्लुइन्स नेपाल’ का अध्यक्ष सोभित उप्रेतीले भ्रमणले दुई देशबीच जनस्तरमा सम्बन्ध गाँसिदै जाने र यसले एक अर्काको भौगोलिक र सामाजिक अवस्था बुझ्न मद्दत गर्ने धारणा राखे।

चिनिया कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा फ्रेण्ड्स अन क्लाउड प्लेटफर्म अफ इन्फ्लुइन्स नेपालले गरेको कार्यक्रममा ‘नेपालीहरूको आँखामा चिनिया आधुनिकीकरण अभ्यास-यात्रा अनुभूति सँगालो’ नामक पुस्तक पनि विमोचन गरियो।

आईडी सीपीसीको निमन्त्रणामा नेपाली कलाकार पत्रकार तथा व्यवसायीको टोलीले हालै चीनयात्रा अवधिभर भोगेका विषय पुस्तकमा समेटिएको छ ।

कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वल, पत्रकार जीवराम भण्डारी, राजेश चाम्लिङ राई, नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठ लगायतले नेपाल-चीन सम्बन्ध र आफ्नो अनुभवबारे जानकारी गराए। वरिष्ठ कलाकार मदनदास श्रेष्ठले पनि विगतको चीन भ्रमणको स्मरण गरे।

पुस्तकका सम्पादक ठाकुर बेलबासेले चीनले आफूहरुलाई निकै सत्कार गरेको उल्लेख गर्दै चिनियाँ नागरिकले नेपाललाई धेरै माया गर्ने गरेको अनुभव सुनाए। उनले चीनले गरेको विकास लोभलाग्दो रहेको उल्लेख गर्दै त्यसबाट नेपालले पाठ सिक्नुपर्ने जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *