अफगानिस्तान टी-२० विश्वकपको सुपर आठमा, न्युजिल्याण्ड बाहिरियो

डिसी नेपाल
३२ जेठ २०८१ १०:३१

काठमाडौं। न्युजिल्याण्ड जारी टी -२० विश्वकपबाट बाहिरिएको छ। शुक्रबार बिहान सम्पन्न समुह सी अन्तर्गत अफगानिस्तानले पिएनजीलाई पराजित गरेसँगै न्यूजील्याण्ड विश्वकपबाट बाहिरिएको हो।

समुह सी बाट अफगानिस्तान र वेस्ट इन्डिज सुपर आठमा पुगेका छन्। अफगानिस्तानले पिएनजीलाई यस खेलमा ७ विकेटले पराजित गरेको थियो। पिएनजीले दिएको ९६ रनको लक्ष्य पछाएको अफगानिस्तानले १५.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। यस अघि पिएनजीले पहिला ब्याटिंग गर्दै १९।५ ओभरमा अल आउट भएर ९५ रन बनाएको थियो।

यो जितपछि अफगानिस्तानले लगातार तीन खेलमा जित हासिल गर्दै ६ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ। र, सुपर आत्मा पुगेको छ। त्यस्तै वेस्ट इन्डिजले पनि तीन खेल जितेर ६ अंकसहित दोस्रो स्थानमा रहेको छ।

यस समुहबाट युगाण्डा र पीएनजीपनि बाहिरिएका छन्। न्युजिल्याण्डले अहिलेसम्म खेलेका दुवै खेलमा हार बेहोरेको थियो। र न्यूजील्याण्ड टी(२० विश्वकपको पहिलो चरणमै बाहिरिएको यो पहिलो पटक हो ।

अब अफगानिस्तानले वेस्ट इन्डिजको सामना गर्ने छ भने न्युजील्याण्डले युगान्डा र पिएनजीसँग खेल्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *