सिटिइभिटीको ल्याबभित्रै क्रिप्टो माइनिङ, दुई जना पक्राउ

डिसी नेपाल
३२ जेठ २०८१ २१:२१
208
Shares

काठमाडौं। सिटिइभिटीको ल्याबमा क्रिप्टोसम्बन्धीको कारोबार भएको पाइएको छ। त्यहाँ रहेको कम्प्युटरमा उक्त कारोबार भएको पाइएपछि ल्याबमा काम गर्ने दुईजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको छ।

उक्त आरोपमा कीर्तिपुर बस्ने ४० वर्षका विश्वास गुरुङ र भक्तपुरका राजेन्द्र ताहामतालाई पक्राउ गरेको ब्यूरोले जनाएको छ। सिटिइभिटीको प्राविधिक प्रशिक्षण भवन ठिमीको सूचना प्रविधि ल्याबमा क्रिप्टोसम्बन्धी गैरकानुनी कार्य सञ्चालन भइरहेको भन्ने सूचनाका आधारमा सिआइबीले अनुसन्धान थालेको थियो।

ब्यूरोबाट खटिएको प्रहरी टोलीले त्यहाँका कम्प्युटर तथा सर्भर प्रणालीको प्रारम्भिक प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा एउटा सर्भर र ६४ वटा डेस्कटप कम्प्युटरमा क्रिप्टो माइनिङ एप्लिकेसन सञ्चालन भएको पाइएको ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए।

उक्त कम्प्युटर बरामद गरी उल्लिखित ल्याबको जिम्मेवारीमा रहेका उनीहरुलाई ठिमीबाट पक्राउ गरी मुद्रासम्बन्धी कसुरमा भक्तपुर जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *