विश्वकप क्रिकेटः नेपाललाई तेस्रो सफलता

डिसी नेपाल
१ असार २०८१ ६:२०
196
Shares

काठमाडौं। नेपाललाई दक्षिण अफ्रिकाविरुद्ध तेस्रो सफलता मिलेको छ। मध्येक्रमका खतरनाक ब्याट्सम्यान हेन्ड्रिक क्लासेन पेभिलियन फर्किएका छन्।

नेपालका पार्टटाइम स्पिनर कुशल भुर्तेलले दोस्रो विकेटका रुपमा क्लासेनलाई आउट गरेका हुन्। करण केसीले झण्डै क्याच फुत्काएका थिए। तर, अन्ततः पक्रिन सफल भए।

नेपालका लागि कुशल भुर्तेलले दाेस्राे विकेट लिएका हुन्। ऐडन मार्क्रम १५ रन बनाएर आउट भए। यसअघि अलराउन्डर दीपेन्द्रसिंह ऐरीले दक्षिण अफ्रिकी ओपनर क्विन्टन डि ककको महत्वपूर्ण विकेट लिएका थिए ।

उनले चौथो ओभरको चौथो बलमा आफैले डि ककको क्याच लिएका थिए। डि कक ११ बलमा १० रन बनाउँदै बाहिरिएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *