युरोकपमा स्वीजरल्याण्डको विजयी सुरुवात

डिसी नेपाल
२ असार २०८१ ७:३१
52
Shares

काठमाडौं। स्वीजरल्याण्डले युरोकप अन्तर्गत विजयी सुरुवात गरेको छ। शनिबार सम्पन्न समूह ए अन्तर्गतको खेलमा स्वीजरल्याण्डले हंगेरीलाई ३ -१ गोल अन्तरले पराजित गरेको हो।

स्वीजरल्याण्डको जितमा क्वाडवो दुआह, माइकल अबिचेर र बरील एम्बोलोले एक एक गोल गरेका थिए। स्वीजरल्याण्डले २ गोल पहिलो हाफमा गरेको थियो भने तेस्रो गोल दोस्रो हाफमा गरेको थियो। त्यस्तै हंगेरीले एक गोल खेलको ६६औ मिनेटमा फर्काएको थियो। हंगेरीका लागि बार्नाबास भार्गाले गोल गरेका थिए।

यो जितपछि स्वीजरल्याण्डले पहिलो खेलमा जित हासिल गरेर महत्वपूर्ण ३ अंक हसिल गरेको छ। समूह ए मा आयोजक जर्मनीले पनि पहिलो खेल जितेर ३ अंक हासिल गरेको छ।

अब स्वीजरल्याण्डले दोस्रो खेल जुन २० मा स्कटल्याण्डसँग खेल्ने छ भने हंगेरीले जर्मनीसँग जुन १९ मा खेल्ने तालिका रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *