सहिद रीतबहादुर खड्का क्रान्तिकारी नेता हुनुहुन्थ्योः प्रधानमन्त्री

डिसी नेपाल
२ असार २०८१ ९:३०
16
Shares

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता भएको र उहाँ क्रान्तिकारीहरूको प्रेरणाको स्रोत भएको बताएका छन्

सहिद रीतबहादुर खड्काको स्मृति दिवसका अवसरमा आज नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रधानकार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष दाहालले आफ्नो जीवनकालमा श्री खड्काले उल्लेखनीय प्रगति गरेको बताएका छन्

“रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता हुनुहुन्थ्यो, उहाँले छोटो समयमा राम्रो प्रगति गर्नुभएको थियो”, प्रधानमन्त्री दाहालले भने, “उहाँ सम्भावनायुक्त नेता हुनुहुन्थ्यो, हरेक जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुहुन्थ्यो । उहाँको सहादतबाट अपूरणीय क्षति भयो ।”

सहिद खड्काको जीवनबाट निष्ठा र प्रेरणा लिनुपर्ने बताउँदै प्रधानमन्त्री दाहालले उनलाई देश र पार्टीले सधैँ स्मरण गरिरहने बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *