बजेटमा कार्यान्वयनमै प्रमुख चुनौती : डा. स्वर्णिम वाग्ले

डिसी नेपाल
२ असार २०८१ १४:३६
24
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बिनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै डा. वाग्लेले बजेटका लक्ष्य र उद्देश्य स्पष्ट भएपनि कार्यान्यवन चुनौतीपूर्ण रहेको बताएका हुन्।

मन्त्रालयगत छलफलमा भाग लिँदै डा. वाग्लेले उर्जा क्षेत्रमा कार्यक्रम राम्रो भएपनि बजेट कम भएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

उनले जलाशय आयोजनामा ध्यानकेन्द्रित गर्नुपर्नेमा खहरे खोलामा उर्जा परियोजना केन्द्रित गर्दा विद्युत उत्पादनको सन्तुलन नमिलेको बताए।

उनले संघीय मामिला मन्त्रालयमा पोषण र खानेपानी र भवन निर्माणको कार्यक्रम समावेश गरिएको प्रति आफू रनभुल्लमा पारेको बताए। डा. वाग्लेले अर्थमन्त्रालय अन्तर्गत नयाँ चरणको आर्थिक सुधारमा विशेष ध्यान केन्द्रित गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *