बंगलादेशविरुद्ध नेपालले टस जित्यो, करण केसीको ठाउमा सन्दीप जोरा खेल्दै
काठमाडौं। नेपालले बंगलादेशविरुद्ध टस जितेको छ। जारी टी-२० विश्वकपको समूह डी अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन्।
आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ। नेपालले करण केसीको ठाउमा सन्दीप जोरालाई प्लेइङ एघारमा सामेल गरेको छ।
आजको प्लेइङ एघारमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने र अविनाश बोहोरा रहेका छन्।
नेपाल विश्वकपको समूह चरणमा पुग्न असफल भएपनि यस खेलको नतिजाले सुपर आठमा पुग्ने दोस्रो टिमको टुंगो लगाउने छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment