बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य

डिसी नेपाल
३ असार २०८१ ७:०१
56
Shares

काठमाडौं। बंगलादेशले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ।

जारी टी-२० विश्वकपको समूह डी अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले १९.३ ओभरमा अल आउट हुदै १०६ रन बनाएको हो।

बंगलादेशका लागि शकिब अल हसनले सर्बाधिक १७ रन बनाए भने महमुदुल्लाह र रिशाद होसैनले १३-१३ रन बनाएका थिए। त्यस्तै जाकेर अलीले १२ र लिटन दासले १० रन बनाएका थिए।

त्यस्तै यस खेलमा नेपाली बलरले शानदार बलिङ गरेका थिए। बलर सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र सन्दीप लामिछानेले २-२ विकेट लिएका थिए।

सन्दीपले यस खेलमा २ विकेट लिएसँगै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सय विकेट पुरा गरेका छन्। ५४ खेलमा १०० विकेट लिएका सन्दीप छिटो सय विकेट खेलाडीको सूचीमा राशिद खानपछि दोस्रो स्थानमा रहेका छन् । राशिदले ५३ खेलमा सय विकेट लिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *