नेदरल्याण्डसको युरोकपमा विजयी शुरुवात
काठमाडौं। नेदरल्याण्डसले युरोकपमा विजयी शुरुवात गरेको छ। समूह डी अन्तर्गतको खेलमा आइतबार राति सम्पन्न खेलमा नेदरल्याण्डसले पोल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
१-० गोलले पछि परेको नेदरल्याण्डसले खेलमा कमब्याक गर्दै जित हासिल गरेको छ। नेदरल्याण्डसको जितमा कोडी गाक्पो र वोउट वेघोर्स्टले एक एक गोल गरेका थिए। यस अघि एडम बुकसाको गोलमा पोल्याण्डले शुरुवाती अग्रता लिएको थियो।
यो जितपछि नेदरल्याण्डसले समूह डी मा महत्वपूर्ण तीन अंक हासिल गरेको छ। अब नेदरल्याण्डसले अर्को खेल जुन २२ मा फ्रान्ससँग खेल्ने तालिका छ भने पोल्याण्डले जुन २१ मा अस्ट्रियासँग खेल्ने छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment