कुर्सी जोगाउनमा ध्यान केन्द्रीत हुँदा प्रधानमन्त्रीले प्रभावकारी काम गर्न सक्नुभएनः विप्लव

डिसी नेपाल
३ असार २०८१ १७:१८
28
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कुर्सी जोगाउनेमा ध्यान केन्द्रीत हुदा प्रधानमन्त्रीले प्रभावकारी काम गर्न नसकेको बताएका छन्।

बेपता योद्धा परिवार समाजले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विप्लवले प्रधानमन्त्रीको ध्यान सत्ता समिकरणलाई मिलाउँदै कुर्सी बचाउनमा नै केन्द्रीत भएको भन्दै यसका कारण प्रभावकारी ढंगले काम गर्न नसकेको बताएका हुन्।

उनले प्रधानमन्त्री प्रचण्डलाई ५ वर्ष योजना बनाएर काम गर्न दिए सरकारले राम्रोसँग काम गर्न सक्ने धारणा राखे। विप्लवले सबैलाई मिलाउन खोज्दा बजेट पनि राम्रो ढंगले आउन नसकेको धारणा राखे। बजेटप्रतिको असन्तुष्टि हेर्दा मिलेर बाँडेर खाने बाहेक केहि नदेखिएको उनको भनाइ छ।

त्यस्तै विप्लवले अमेरिकालाई खुसी पार्न एमसीसीमा सम्झौता गरेको भन्दै अब अमेरिकाले निरन्तर नेपाललाई च्याँप्दै जाने र त्यसको शिकार प्रचण्ड हुने जिकिर गरे।

उनले माओवादीहरुले अब आफूलाई नबदल्ने हो भने भयानक बिचल्लीमा जाने अवस्थामा आउने बताए। जनयुद्धका क्रममा राज्यबाट पीडितहरुको न्यायलाई राज्यको बन्दुकको छाँयाले दबाएर राखेको उनले बताए। उनले सत्ताको बन्दुक हावी भएकाले जनताको सन्तुष्टीलाई पुरा गर्ने गरि आन्दोलन हुन नसकेको पनि बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *